
विराटनगर, ३० साउन । कोरोनाका कारण विराटनगर - १५ का पुरुषको मृत्यु भएको खुलेको छ ।
विराटनगर - १५ का पुरुषको पहिलो रिपोर्ट नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गर्दा भने पोजेटिभ आएको हो।
बिहीबार बिहान १०:३० बजेतिर, विराटनगर - १५ का पुरुषको कोरोनासँग मिल्ने लक्षण देखिएकाले ११ बजेतिर स्वाब संकलन गरिएको थियो । मृत्यु भइसकेपछि रिपोर्ट नेगेटिभ आए पनि सो लाई चिकित्सकले विश्वास गरेनन् ।शंका लागेर पुनः दोस्रो पटक राति ११ बजे परीक्षणका लागि स्वाब संकलन गर्दै प्रयोगशालामा पठाएका थिए ।
संकलन गरिएको स्वाबको रिपोर्ट शुक्रबार बिहान ५ बजे पोजेटिभ आएको कोशी अस्पताल कोरोना आइसोलेसनका संयोजक एवं बरिष्ठ फिजिसियिन डा. लक्ष्मीनारायण यादवले जानकारी दिएका हुन ।
बिरामीको शव परिवारका सदस्यलाई नदिइकन स्वाब नमुना को परीक्षण लिइएको थियो ।
विराटनगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।यसअघि मृत्यु हुनेमा विराटनगर–९ का २ , ३, ५ र १० नम्बर वडाका एक/एक जना पुरुष छन् ।