
शुक्रबार, ३० साउन, अदालतमा कार्यरत कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब दिइएको रिपोर्ट नआएपछि अदालतको काम कारबाही सञ्चालन हुन नसकेको छ ।
५० जना कर्मचारीको स्वाब संकलन गरिएकोमा आठ जनाको रिपोर्ट नेगेभिट आएको छ ।
एक न्यायाधीश र तीन कर्मचारीको स्वाब परीक्षणमा, सोमबार न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको र अरु तीन कर्मचारीको रिपोर्ट नेगेभिट आएको थियो ।
सोमबारबाट बन्द भएका काम कारबाही बिहीबारबाट सञ्चालनमा आउने भनिए पनि, पीसीआर रिपोर्ट प्राप्त नहुँदा र विराटनगर महानगरपालिकामा लकडाउन जारी रहँदा अदालत सञ्चालनमा आउन नसकेको छ ।