
बलिउडमा नेपोटिजम शब्द कुनै नौलो शब्द भने हैन। समय समयमा चर्किरहने यो शब्द आजभोलि पनि निकै चर्चामा छ र कारण एक चर्चित तथा दर्शकले रुचाइरहेका कलाकार सुशान्त सिंह राजपुत को आत्म्हत्या।



सानै परिवार र कुनै पनि फिलिमी वातावरण नभएका उनिले अरुले सपना मात्र देखेर छाड्ने मुकाम हासिल गरे।
बलिउडमा नातावाद कृपावादले जरो गाडेको र कुनै गडफादर बिना बलिउडमा टिक्न र सफल हुन नसक्ने मान्यता भैरहेका बेला साना र बिना कुनै शाहारा सफल भएका कलाकारको आकस्मिक आत्माहत्याले यो सहि पुष्टि गरिरहेको त छैन ?
उन्को आत्माहत्या भन्दा पहिलेको चलचित्र पनि सफल र दर्शकको वहावाही पाएको थियो र अझ गजबको कुरा त सो चलचित्रमा कुनै पनि समस्याको समाधान आत्महत्या हैन भनेर देखाइएको थियो।
हुनत यस आत्महत्याको पछाडिका रहस्य बुझ्न र सहि कारण बुझ्न भारतीय पुलिस लागि परेका छन र झन सुशान्तका बुवाले सुशान्तकि गलफ्रेन्ड भनिएकी रिया चक्रवती माथी एफ.आइ.आर(FIR) दर्ता गरेपछी यस घटनामा अब के नतिजा आउला भनी सबैको ध्यानाकर्षण हुन थालेको छ ।
हुन त अदालतमा न्याय पाउन सक्लान नसक्लान तर दर्शकवाट भने न्याय दिने कोसिस हुनथालेको अनुभूति भर्खरै रिलिज भएको आलिया भट् र सन्जय दत्त लगाएतका कलाकार अभिनित सडक २ नामक चलचित्रको ट्रेलर माथीको नकारात्मक विश्लेषण तथा युटुबमा आएको डिस्लाइक(Dislike) को बाढीले देखाउन थालेको ।
१९९१ मा आएको सडक चलचित्रको सिक्वेल रहेको यश चलचित्रका निर्देशक मुकेश भट् रहेका छन भने चलचित्रमा मुख्य पात्रमा उनकै छोरी आलिया भट, सन्जय दत्त,आदित्य रोय कपुर, पुजा भट आदिलाई देख्न सकिन्छ ।
यस चलचित्रको ट्रेलर रिलिज एक दिन अघि मात्र गरिएको थियो र युटुबमा सबै भन्दा छिटो र छोटो समयमा सार्बधिक मन नपराइएको र डिस्लाइक(Dislike) पाउने भिडियोको पाँचौ स्थानमा परेको छ ।
दर्शकहरुको सुशान्तको आत्महत्या पछिको आक्रोश वा ट्रेलरनै साचै खराब भएका कारण त्यो त चलचित्र रिलिज भएपछि मात्र थाहा होला तर भिडियोमा आएको नकारात्मक टिप्पणी र शुशान्त का लागि न्याय (Justice for Sushant) जस्ता टिप्पणीले यस पछाडी सुशान्तको आत्महत्या पहिलो कारण हुन सक्ने अनुमान गर्न सकिन्छ ।
सडक २ चलचित्र अगस्त २८ मा डिजनी+हटस्टार ओटिपी प्ल्याट्फर्म मार्फत रिलिज हुँदै छ ।